दफा १४८
सवारीको बीमा गराउनु पर्ने
(१) सवारी धनी वा व्यवस्थापकले तोकिए बमोजिम प्रत्येक सवारीको बीमा गराउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बीमा नगरेको सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गरिने छैन र त्यस्तो सवारी सार्वजनिक सवारी भए त्यस्तो सार्वजनिक सवारीलाई यातायात सेवा सञ्चालन गर्न पञ्जीकृत गरिने र बाटो इजाजतपत्र प्रदान गरिने छैन ।